काठमाडौं । नेशनल इभेन्ट म्यानेजमेन्ट एशोसियसनको प्रथम अधिवेशन सम्पन्न भएको छ।
संस्थापक अध्यक्ष हेमा मानन्धरको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रममा रवि धमलाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ।
उपाध्यक्षमा शुसीला थापा, सचिवमा डेभिल सिंह राजपुत, कोषाध्यक्षमा नितु श्रेष्ठ, सहसचिवमा कृष्ण श्रेष्ठ र सहकोषाध्यक्षमा विशाल पासवान चुनिएका छन्। त्यस्तै, सदस्यहरूमा भरत समारी, अमिसा वली, समसाद शाह, छिरिङ सेर्पा र रवि लामा तामाङ निर्वाचित भएका छन्।
प्रमुख अतिथि मानन्धरले आयोजकहरूको हकहितका लागि सधैं आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्दै नवनिर्वाचित कार्यसमितिलाई बधाई र शुभकामना दिएका थिए। नवनिर्वाचित अध्यक्ष धमलाले नेपालभरका कार्यक्रम आयोजकहरूलाई एकताबद्ध गरी उनीहरूको हितमा काम गर्ने प्रतिबद्धता जनाएका छन्।
FACEBOOK COMMENTS