काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको चीन भ्रमण अचानक स्थगित भएको छ ।
स्रोतको हवाला दिँदै अनलाइन खबरले लामिछानेको चीन भ्रमण हाललाई स्थगित भएको समाचार प्रकाशित गरेको छ ।
उनी अगस्ट दोस्रो साता चीन भ्रमणमा जाने बताइएको थियो । पछि एक भ्रमण एक महिनाका लाथि स्थगित गर्दै सेप्टेम्बर दोस्रो साता लामिछाने चीन जाने भनिएको थियो ।
अहिले आएर पर धकेलिएको भ्रमण तालिका पनि रद्द भएको हो । अब लामिछानेबाहेक सांसदहरुको टोली मात्र चीन जाने छ । भारत भ्रमणमा भव्य स्वागत भएपछि हौसिएका उनी चीन जान लालयित भएका थिए ।
उनले चिनियाँ राष्ट्रपति सी जिङ पिङसँगै भेट्ने तालिका मिलाउन खोजे पनि चिनियाँ पक्षले सो कुराको सुनिश्चितता गरेको समाचार आएको थिएन् । अर्को उपयुक्त मितिमा चीन भ्रमण गर्नेगरी अहिले लामिछानेको भ्रमण स्थगित गरिएको हो ।