काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने धनगढी विमानस्थल अवतरण गरेका छन्।
भारत भ्रमणका लागि निस्केका उनी पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै त्यसतर्फ लाग्नेछन्।
लामिछाने पत्नी निकितासहित आज बिहान काठमाडौँबाट हवाईजहाजमा धनगढी उडेका थिए।
धनगढीमा अवतरणपछि लामिछाने सडकमार्ग हुँदै कञ्चनपुरतर्फ आउँदैछन्।
सडकमार्ग हुँदै उनी गड्डाचौकी नाका भएर भारत जानेछन्।

भारतको उत्तराखण्ड, नैनीतालस्थित कैँची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा सपरिवार पूजाअर्चना गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।

सभापति लामिछानेको निजी सचिवालयले भारत भ्रमण ३ दिनको हुने र यो निजी तथा पारिवारिक तीर्थाटन भएको जनाएको छ।
