काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले समानुपातिक सांसद छनोटमा पार्टी प्रणाली र विधिबाट अघि बढ्ने प्रतिक्रिया दिएका छन् । भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै सभापति लामिछानेले पार्टीमा भएको विवाद गज्जब भएको बताए।
पार्टीले गरेको प्राइमरीमा बढी मत आएकाहरूलाई छाडेर कम मत आएकाहरूलाई समानुपातिक सांसदमा बनाउन लागेको भन्दै बन्द सूचीमा रहेकाहरूले रास्वपा कार्यालयमा विरोध गरेका छन् । लामिछानेले पार्टीभित्र कोही पनि तलमाथि नभएको भन्दै भने, ‘मैले नै खबरदारी गर्नुहोला भनेको छु, जे भन्छ त्यो मान्नुपर्छ भन्ने छैन, कोही आत्तिनुपर्ने पनि छैन ।’