काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दुई करोड घुस मागेका सांसद ढाकाकुमार श्रेष्ठलाई आफू विरुद्ध मुद्दा नहाल्न आग्रह गरेका छन् ।
शनिबार चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले रास्वपाको अभियानमा श्रेष्ठको पनि कहीँ न कहीँ योगदान रहेको बताएका थिए ।
श्रेष्ठको नाम नलिई लामिछानेले रास्वपाको अभियानमा सहयोग गर्न आग्रह समेत गरे ।
उनले भने, ‘जो साथी बाहिरिनुभयो, हाम्रा लागि पूर्वा सांसद, उहाँलाई म यति मात्रै भन्न चाहन्छु। यो गर्छु, त्यो गर्छु, मुद्दा हाल्दिन्छु, त्यो गर्छु, यसो गर्दिन्छु नभन्नुहोला ।’
व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड घुस मागेको अडियो सार्वजनिक भएपछि रास्वपाले श्रेष्ठलाई पार्टीबाट निष्कासन गरेको छ ।
FACEBOOK COMMENTS