काठमाडौं । भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा भारत भ्रमणमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज नयाँ दिल्लीस्थित भाजपा मुख्यालयमा उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने भएका छन् ।
भेटवार्तामा भाजपा अध्यक्ष नितिन नवीनलगायत पार्टीका उच्च तहका नेताहरू सहभागी हुने जनाइएको छ ।
रवि नेतृत्वको प्रतिनिधिमण्डल र भाजपा नेतृत्वबीच हुने छलफल दुई देशका लोकतान्त्रिक शक्तिबीचको सम्बन्ध, दलगत अनुभव आदानप्रदान, राजनीतिक सहकार्य तथा नेपाल–भारतबीचको आपसी सम्बन्ध थप सुदृढ बनाउने विषयमा केन्द्रित रहने बताइएको छ । रवि पाँचदिने भ्रमणका लागि सोमबार भारत आएका हुन् ।