पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पोखरा पुगेका छन् ।
रास्वपाका अनुसार आज लामिछानेले कास्कीको तालचोक, हेम्जा र चिप्लेढुंगामा कार्यकर्ता भेटघाट गर्ने कार्यक्रम रहेको छ । आज बेलुकी ५ बजे चिप्लेढुंगाको कार्यक्रम सकिएपछि लामिछाने पोखरामै बस्ने र कार्यकर्तासँग थप भेटघाट गर्ने जनाइएको छ ।
बिहीबार लामिछानेले लामिछानेविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दाको विषयमा जिल्ला अदालत, कास्कीमा उपस्थित हुने भएका छन् ।
FACEBOOK COMMENTS