काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको फेसबुक पेज बन्द भएको छ । उनको फेसबुक पेज मंगलबार बिहानदेखि बन्द भएको हो ।
पेजमा ह्याक गर्ने प्रयास भएपछि फेसबुकको मुख्य कम्पनी मेटाबाट बन्द गरिएको रविको सचिवालयले जनाएको छ ।
‘सभापति रवि लामिछानेज्यूको आधिकारिक फेसबुक पेजमा आज बिहानैदेखि बाह्य व्यक्तिहरूले अनाधिकृत पहुँच बनाउने (ह्याक गर्ने) पटकपटक प्रयास गरेको जानकारी गराउँदछौँ’, सचिवालयले सूचनामा भनेको छ, ‘उक्त प्रयासका कारण सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै हाललाई यो फेसबुक पेज मेटाद्वारा लक गरिएको छ ।’
पेज पूर्ण रूपमा सुरक्षित नभएसम्म कुनै पनि पोस्ट नगर्ने जनाउँदै अन्य शंकास्पद पेजबाट आउने सन्देशको भर नपर्न सचिवालयले अनुरोध गरेको छ ।

FACEBOOK COMMENTS