काठमाडाैं । राजनीतिक विश्लेषक प्रकाश रायमाझीले अहिले नेपाल समस्यामा फसेको उल्लेख गर्दै उनले समस्याको घडीमा नेपाली सेना तमासा मात्र हेरेर बस्न नहुने बताएका छन् ।
स्वतन्त्र कानुन व्यवसायीले गरेको पत्रकार सम्मेलनमा आफ्नो धारणा राख्दै रायमाझीले अब सेनाले देशलाई निकास दिनुपर्ने बताएका हुन् ।
प्रधानन्यायधीश चोलेन्द्र शमसेर जबरालाई सरकारले नजरबन्दमा राखिएको विषयमा स्वतन्त्र कानुन व्यवसायीले काठमाडौंमा पत्रकार सम्मेलन गरेका थियो ।
सो कार्यक्रममा विभिन्न अधिवक्ताहरुले अफ्नो भनाई प्रस्तुत गरेका थिए ।
कार्यक्रममा वरिष्ठ अधिवक्ता जुक्तिजन लामिछाने, आकृति रायमाझी, अधिवक्ता पृथ्वीराज राई, वक्ता गणेश गिरी लगायतके उपस्थिति रहेका थिये ।
बक्ताहरूले जबरालाई सरकारले नजरबन्दमा राखेर कानुनी राज्यको उपहास गरेको आरोप लगाएका छन् ।
FACEBOOK COMMENTS