काठमाडाैं । अधिवक्ता तथा वतन्त्र कानुन व्यवसायी संघकी अध्यक्ष आकृति रायमाझीले गठबन्धन सरकारका कारण आफुलाई असुरक्षा मससुस भएको बताएकी छन् ।
स्वतन्त्र कानुन व्यवसायी संघले काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष रयमाझीले प्रधानन्यधीश जतिको उच्च पदमा रहेका व्यक्ति चोलेन्द्र शमसेर जबरालाई नजरबन्द राखेको सरकारले कसैलाई बाँकी नराख्ने दावी गर्दै आफुलाई असुरक्षा महसुस भएको बताएकी छन् ।
अब जो कसैले गठबन्धनको विरुद्धमा बोल्न डराउनुपर्ने उनको भनाई थियो । सरकारको यो क्रियाकलापले मानव अधिकारकाे हनन् भएको समेत उनले बताईन् । उनले अहिलेको सरकार गुण्डा शैलिमा अधि बढेको समेत उल्लेख गरिन् ।
यसका साथै उनले यो नजरबन्द चोलेन्दको मात्र विषय नभएर आम नेपाली नागरीकको विषय भएको धारणा व्यक्त गरिन् ।
चोलेन्द्रले एनसेलले सरकारलाई तिर्नुपर्ने कर तिराउन लागेको भन्दै सरकारले उनीमाभि अभियोग लगाएको दावी समेत गरिन । यसका साथै केहि दलालहरुको सिण्डिकेटमा न्यायलय चलेको बताउँदै अफुलाई अधिवक्ता भन्न लाज लागेको समेत धारण व्यक्त गरिन् ।
कार्यक्रममा वरिष्ठ अधिवक्ता जुक्तिजन लामिछाने, राजनीति विश्लेषक प्रकाश रायमाझी, अधिवक्ता पृथ्वीराज राई, वक्ता गणेश गिरी लगायतके आफनो धारणा प्रस्तुत गरेका थिए ।
FACEBOOK COMMENTS