काठमाडौं । राजनीतिक विश्लेषक प्रकाश रायमाझीले सार्वभौम राष्ट्र भेनेजुएलामाथि संयुक्त राज्य अमेरिकाले गरेको आक्रमण निन्दनीय र अत्यन्त खेदजनक भएको बताएका छन्।
उनले अन्तर्राष्ट्रिय कानुन, सार्वभौमिकता र स्वतन्त्रताको स्पष्ट उल्लङ्घन भएको उल्लेख गर्दै यस्ता गतिविधिले विश्व शान्ति र स्थायित्वमा गम्भीर असर पार्ने चेतावनी दिएका छन्। रायमाझीले शक्तिशाली राष्ट्रले कमजोर राष्ट्रमाथि दबाब र हस्तक्षेप गर्ने प्रवृत्ति विश्वका लागि खतरनाक भएको धारणा व्यक्त गरे।
उनका अनुसार, भेनेजुएलाको आन्तरिक मामिलामा गरिएको कुनै पनि प्रकारको सैन्य वा राजनीतिक हस्तक्षेप स्वीकार्य हुन सक्दैन। अन्तर्राष्ट्रिय समुदायले यस विषयमा गम्भीर ध्यान दिनु आवश्यक रहेको उनले जोड दिए।