काठमाडौं । आरविवि सेक्युरिटीज कम्पनीको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । राष्ट्रिय वाणिज्य बैंकको स्वामित्वमा सञ्चालित कम्पनीको सभा सम्पन्न भएको हो ।
सञ्चालक समितिका अध्यक्ष एवं राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देवेशप्रसाद लोहनीको अध्यक्षतामा शुक्रबार सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०८०-०८१ को कम्पनीको वार्षिक प्रतिवेदन प्रस्ताब पारित गरेको छ ।
सभामा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले हाल शहरी क्षेत्रमा मात्र सीमित रहेको ब्रोकर सेवालाई ग्रामीण क्षेत्रमा समेत विस्तार गर्ने दीर्घकालीन सोच अनुरुप रणनीति तयार गरी कार्यक्षेत्र विस्तार गर्दै लैजाने बताए । उनले ग्रामिण क्षेत्रमा रहेका जनताहरुले पनि ब्रोकर सेवा लिन सकिने वातावरण बनाउनुपर्ने बताए ।
आरविवि सेक्युरिटीज कम्पनीका प्रमुख कार्यकारी अधिकृत वेनी श्रेष्ठले २० करोड चुक्तापुँजी रहेको कम्पनीले धितोपत्र व्यवसायको व्यवसायिक कारोबार (ब्रोकर( २०८१ असार २६ गतेबाट सुरु गरेको जानकारी गराए ।
नेपाल स्टक एक्सचेन्जबाट सदस्यता नम्बर ९७ प्राप्त गरेको आरविवि सेक्युरिटीज कम्पनीले ब्रोकर, मार्जिन, थोक कारोबार तथा अन्य पूँजीबजार सम्बन्धी सेवाहरु प्रदान गरिरहेको छ ।
FACEBOOK COMMENTS