काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको शत प्रतीशत लगानीमा स्थापित आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड ८ औं वर्ष पूरा गरि ९ औं वर्षमा प्रवेश गरेको छ ।
सोमबार सम्पन्न वार्षिकोत्सब कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेलले कम्पनीले हालसम्म भएका कार्य प्रगतीको बारेमा विस्तृत विवरण प्रस्तुत गरे ।
कम्पनी पूँजी बजारमा एक प्रतीस्पर्धि मर्चेन्ट बैंकरको रुपमा प्रस्तुत भएको, कम्पनीले हाल सम्म एक लाख असी हजार हितग्राही खाता खोलि हितग्राहीहरूलाई सेवा दिइरहेको, दुरदराजमा रहेका लगानीकर्ताहरूलाई राष्ट्रिय वाणिज्य बैक लिमिटेडका शाखा कार्यालयहरूबाट सेवा दिने प्रबन्ध मिलाइएको, १५ वटा कम्पनीको सेयर/ऋणपत्र रजिष्ट्रारको कार्य गरिरहेको उनले जानकारी दिए ।
यस्तै, आरबीबी मर्चेन्टले लगानी व्यवस्थापनको सेवा दिइरहेको, नेपाल सरकारको लगानी रहेका सूचिकृत संस्थाहरूको सेयर अभौतिकीकरण गरी नेपाल सरकार अर्थमन्त्रालय, सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको नाममा हितग्राही खातामा जम्मा गर्ने व्यवस्था मिलाइएको, कम्पनीले निकट भविष्यमा प्राईभेट इक्वीटी/भेन्चर क्यापिटलको कार्य गर्ने लक्ष्य रहेको उनले बताए ।
आ।व।२०७९र८० को कार्यसम्पादन मुल्याङ्कनको आधारमा दुइ जना कर्मचारीहरुलाई उत्कृष्ट कर्मचारीको रुपमा प्रशंसापत्रद्धारा पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा सञ्चालक समितीका अध्यक्ष देवेन्द्ररमण खनाल, सञ्चालकहरू पवन रेग्मी, राम कुमार थापा, कृष्ण श्रेष्ठ, राजेन्द्र प्रसाद दाहाललगायत उपस्थित थिए ।
सो अवसरमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले कम्पनीलाई शुभकामना दिँदै सेवाग्राहीलाई छिटो, छरीतो र गुणस्तरीय सेवा दिन सुझाव दिए ।
त्यसै गरि संचालक समितीका अध्यक्ष तथा समारोहका सभापती देवेन्द्ररमण खनालले आरविबी मर्चेन्ट बैकिङ लिमिटेडले सरकारी लगानीमा रहेका खर्बौं सेयर लगानीको व्यवस्थापन समेत गर्न सकिने हुँदा सो सम्बन्धी कार्य गर्न सुझाव दिए ।
FACEBOOK COMMENTS