काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले निष्कासन गरेको ऋणपत्रमा आवेदन दिने समय थपिएको छ । तोकिएको समयमा बिक्री नभएपछि आवेदन दिने म्याद थपेको हो ।
कम्पनीले पहिलो चरणमा बिक्री नभएपछि अब वैशाख २१ गतेसम्म आवेदन दिने समय थपिएको हो । बैंकले वैशाख ७ गतेदेखि २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गरेको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँका दरले २५ लाख इकाई ऋणपत्र निष्कासन गरेको हो । १५ लाख इकाई बैंक आफैले बिक्री गर्ने र बाँकी १० लाख इकाईमध्ये ५ प्रतिशत अर्थात ५० हजार इकाई म्युचुअल फन्डहरुलाई छुट्याइएर बाँकी रहेको ९ लाख ५० हजार इकाईमा सर्वसाधारणका लागि निष्कासन गरेको छ ।
बैंकले ७ वर्ष अवधि भएको ‘७५ आरबीबीएल डिबेन्चर २०८८’ बिक्रीमा ल्याएको हो । उक्त डिबेन्चरको वार्षिक ब्याजदर ७ प्रतिशत तोकिएको छ । लगानीकर्ताले न्यूनतम २५ इकाईदेखि अधिकतम निष्काशित सबै इकाईका लागि आवेदन दिन सक्ने बैंकले जनाएको छ ।
सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल छ ।
FACEBOOK COMMENTS