काठमाडौँ । रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबी) ले भारतमा जारी वुमन्स प्रिमियर लिगको उपाधि जितेको छ । गएराती सम्पन्न खेलमा आरसीबीले दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गर्दै दोस्रो पटक उपाधि जितेको हो ।
दिल्लीले दिएको २०४ रनको लक्ष्य पछाएको आरसीबीले १९.४ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । आरसीबीको जितमा कप्तान स्मृति मन्धानाले ८७ रन बनाएकी थिइन् भने गर्जिया भोलले ७९ रन बनाएकी थिइन् ।
यस अघि पहिला ब्याटिंग गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाउदै २०३ रन बनाएको थियो ।
भारतीय क्रिकेट बोर्डले संचालन गरेको महिला प्रिमियर लिगको यो चौथो सिजन हो । आरसीवीले यस अघि २०२४ मा यो उपाधि जितेको थियो । त्यस्तै मुम्बई इण्डियन्सले २०२३ र २०२५ मा यो उपाधि जितेको छ । त्यसैगरी दिल्ली क्यापिटल्स भने चारै सिजनमा उपविजेता बनेको छ ।
FACEBOOK COMMENTS