काठमाडौं । सनराइजर्स हैदरावादले जारी आइपिएलमा रोयल च्यालेन्जर्स बैंगलुरुलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा सनराइजर्सले बैंगलुरुलाई ५५ रनले पराजित गरेको हो ।
सनराइजर्सले दिएको २५६ रनको लक्ष्य पछाएको बैंगलुरुले २० ओभरमा ४ विकेट गुमाउदै २०० रन बनाएको थियो । यसअघि पहिला ब्याटिंग गरेको सनराइजर्सले २० ओभरमा ४ विकेट गुमाउदै २५५ रन बनाएको थियो ।
यस खेलको नतिजाले अंक तालिकामा भने कुनै फरक परेको छन् । जितका बाबजुत सनराइजर्स हैदरावाद १४ खेलमा १८ अंकसहित तेस्रो हुदै लिग चरण समाप्त गरेको छ ।
हारपछि पनि बैंगलुरु १४ खेलमा १८ अंकसहित शिर्ष स्थानमा कायम रहदै प्लेअफमा पुगेको छ । त्यस्तै १४ खेलमा १८ अंक नै रहेको गुजरात दोस्रो हुने निश्चित भएको छ ।
अब बैंगलुरु र गुजरातबीच पहिलो क्वालिफायर्स खेल हुने छ ।
