काठमाडौं । काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा जग्गा तथा आवास निर्माण प्रदर्शनी २०२६ सुरु भएको छ।
प्रदर्शनीको उद्घाटन सभामुख डीपी अर्यालले गरेका छन्। जग्गा तथा आवास निर्माणसम्बन्धी विभिन्न सामग्री, सेवा तथा प्रविधिबारे जानकारी दिने उद्देश्यले आयोजना गरिएको प्रदर्शनी असोज ४ गतेसम्म सञ्चालन हुनेछ।
प्रदर्शनीमा आवास निर्माण तथा जग्गासम्बन्धी विभिन्न पक्षबारे जानकारी लिन सकिने आयोजकले जनाएको छ।