पोखरा । रियलमीले पोखरामा आफ्नो चौथो सर्भिस सेन्टर खोलेको छ । पोखरामा बढ्दै गइरहेको आफ्नो ग्राहक संख्यालाई ध्यानमा राख्दै उनीहरुलाई गुणस्तरीय आफ्टर सेल्स सर्भिस प्रदान गर्ने उद्देश्यले यस सेवा केन्द्र खोलिएको रियलमीले जनाएको छ ।
रियलमी नेपालका कन्ट्री हेड मुनिश गिरीले पोखरामा पनि सेवा केन्द्र स्थापना गर्न पाउँदा हामी अत्यन्तै उत्सहित भएको बताए । उनले भर्ने हामीलाई आशा छ यो सेवा केन्द्र मार्फत हाम्रा ग्राहकहरुले स्मार्टफोन सम्बन्धि हरेक समस्याहरुको सहज रुपमा समाधान पाउन सक्नुहुनेछ।”
रियलमी नेपालको आधिकारिक वितरक जगदम्बा मोबाइल्स र शंकर ग्रुपका एग्जिक्युटिभ डिरेक्टर, सक्षम जाटियाले भने “हाम्रो निरन्तर रुपमा वृद्धि भइरहेको लोकप्रियताले रियलमीप्रतिको नेपाली ग्राहकहरुको विश्वासलाई झल्काएको छ । यो साथ र विश्वासको लागि हामी सम्पूर्ण नेपाली ग्राहकवर्गहरु प्रति आभारी छौं।”
त्यस्तै यस सेवा केन्द्रमा दक्ष र तालिमप्राप्त कर्मचारीहरु छन् । ग्राहकको सेवा सुविधालाई ध्यानमा राख्दै फोनमा आईपर्नसक्ने जुनैपनि समस्याहरुको चुस्त र सहज रुपमा समाधान गर्ने उद्देश्यको साथ यस सेवा केन्द्रको स्थापना गरिएको कम्पनिले जनाएको छ ।
रियलमीले कम मूल्यमा फ्ल्यागशिप स्तरका सुविधाहरू प्रदान गर्दै आएको छ जसका कारण यो ब्रान्ड नेपालमा चाँडै लोकप्रिय बन्न सफल भएको छ ।
पोखराको चिप्लेढुङ्गास्थित मोबाईल टावरमा खोलिएको यो नयाँ रियलमी सर्भिस सेन्टर बिहान १० बजेदेखी बेलुका ५ बजेसम्म खुल्छ । ग्राहकहरूले आधिकारिक रियलमी वेबसाइट र एप मार्फत अनलाइन पनि सपोर्ट पाउन सक्नेछन् ।
FACEBOOK COMMENTS