काठमाडौं । स्मार्टफोन ब्राण्ड रियलमीले नेपालमा ‘रियलमी १२ प्रो प्लस’ ल्याएको छ ।
सेग्मेन्ट फर्स्ट पेरिस्कोप लेन्स, आकर्षक डिजाइन तथा आकर्षक मूल्यको साथ ग्राहकहरुको मन जित्दै ‘रियलमी १२ प्रो प्लस’ले नेपालको स्मार्टफोन बजारमा नयाँ तरङ्ग ल्याउने कम्पनीले अपेक्षा राखेको छ ।
फ्ल्यागशिप ओम्निफोकल मास्टरशट एल्गोरिथ्म भएको रियलमी १२ प्रो प्लसले उच्च स्तरको टेलिफोटोहरु लिन सक्छ जसले गर्दा प्रयोगकर्ताहरुले राम्रोसँग प्राकृतिक बोके एफेक्टको साथ प्रोफेसनल देखिने पोर्टेटहरू खिच्न सक्छन् ।
रियलमी नेपालका कन्ट्री हेड मुनिष गिरीले भने, ‘रियलमी १२ प्रो प्लस नेपाली बजारमा ल्याउन पाउँदा पाउँदा हामी उत्साहित छौँ । हामीलाई आशा छ कि यसको पेरिस्कोप क्यामराले नेपाली प्रयोगकर्ताहरुलाई स्मार्टफोनमा नयाँँ अनुभव प्रदान गर्नेछ ।’
डिजाइन र डिस्प्ले
‘रियलमी १२ प्रो प्लस’मा ६.७ इन्चको सुपर एमोलेड डिस्प्ले तथा फुल एचडी रिजोलुसन रहेको छ जसले प्रयोगकर्ताहरूलाई रङ्गिन तथा सार्प कन्ट्रास्ट स्क्रिनको अनुभव प्रदान गर्दछ । फोनसँगको हरेक अन्तरक्रियालाई रमाइलो बनाउनको लागि ‘रियलमी १२ प्रो प्लस’मा १२० हर्जको रिफ्रेस रेट राखिएको छ ।
दमदार पर्फर्मेन्स तथा स्टोरेज
क्वाल्कम स्न्याप ड्रयागन ७ एस जेन २ प्रोसेसर तथा ४ एनएम अक्टा सीपीयूमा चल्ने ‘रियलमी १२ प्रो प्लस’मा धेरै एपहरू चलाउँदा पनि एकदमै छिटो काम गर्छ । यो फोनमा १२ जिबीको र्यामसँग ५१२ जीबीको आन्तरिक स्टोरेज दिइएको छ जुन आवश्यकता अनुसार २४ जिबीसम्म बढाउन पनि सकिन्छ ।
अत्याधुनिक पेरिस्कोप क्यामेरा
फोटोग्राफी तथा भिडिओ निर्माणमा चाख राख्नेहरूका लागि ‘रियलमी १२ प्रो प्लस’को क्यामेरा अति उपयोगी हुन्छ । ६४ मेगापिक्सेलको पेरिस्कोप क्यामेरा, ओम्नि भिजन ओभि६४बी सेन्सर र ओआईएस, अत्यधिक सफा फोटोको लागि ५० मेगापिक्सेलको सोनि आईएमएक्स ८९० ओआईएस क्यामरा, ८ मेगा पिक्सेलको ११२ डिग्रीको वाइड एङ्गल क्यामरा र ३२ मेगा पिक्सेलका सोनी आईएमएक्स ६१५ सेल्फी क्यामेरा जस्ता अत्याधुनिक सुविधाहरू ‘रियलमी १२ प्रो प्लस’मा उपलब्ध छ । यी अत्याधुनिक क्यामेराहरूले प्रयोगकर्तालाई अटो जुम, सुपर नाइटस्केप, स्टारी मोड प्रो तथा फोर के भिडिओ रेकर्डिङ्ग जस्ता फिचरहरू प्रदान गर्दछ ।
टिकाउ ब्याट्री तथा सुपरफास्ट चार्जिङ्ग
६७ वाटको सुपरभोक सुपरफास्ट चार्जिङ्गयुक्त ५,००० एमएएचको ब्याट्रीले गर्दा ‘रियलमी १२ प्रो प्लस’का प्रयोगकर्ताहरूले थोरै समय चार्ज गरेरै धेरै समयसम्म फोन चलाउन सक्छन् । यो फोनको खरिदमा ६७ वाटको सुपरभोक चार्जिङ्ग एडप्टर तथा यूएसबी टाइप–सी केबल निःशुल्क पाइन्छ ।
रियलमी १२ प्रो प्लस १२ जीबी र्याम र २५६ जिबीको स्टोरेज भेरियन्टमा उपलब्ध छ । सबमरिन ब्लू, एक्सप्लोरर रेड, र न्याभिगेटर बिज रङ्गमा उपलब्ध रियलमी १२ प्रो प्लसको मूल्य ५० हजार ९९९ रुपैयाँ तोकिएको छ ।
FACEBOOK COMMENTS