काठमाडौं । रियलमीले नेपाली बजारमा आफ्नो ‘रियलमी सी५१’ मोबाइलको मूल्य घटाएको छ ।
यसअघि १५ हजार ९९९ रुपैयाँ पर्ने ‘रियलमी सी५१’ को मूल्य अब १४ हजार ९९९ रुपैयाँमा पाइने भएको छ । आकर्षक मूल्यमा अत्याधुनिक प्रविधि प्रदान गर्ने रियलमीको प्रतिबद्धतालाई कायम राख्दै सी५१ लाई छुट मूल्यमा उपलब्ध गराईएको कम्पनीले जनाएको छ ।
रियलमीका कन्ट्री हेड मुनिश गिरीले भने, ‘हामी सदैव हाम्रा ग्राहकहरुलाई नयाँ–नयाँ प्रविधिहरु आकर्षक मूल्यमा प्रदान गर्न प्रतिबद्ध छौं । त्यही प्रतिबद्धतालाई कायम राख्दै हामीले रियलमी सी५१ को मूल्यमा छुट प्रदान गरेका हौँ ।’ फास्टर चार्जिङ, बिगर स्टोरेज र क्लियर क्यामेरा अब सस्तो मूल्यमा पाइने उनको भनाइ थियो ।
रियलमी सी५१ मा आउने ३३ वाटको सुपरभोक फास्ट चार्जरको मद्दतले २८ मिनेटमा नै ०–५०% सम्म चार्ज हुनसक्छ । यो सुपरभोक चार्जरको मुख्य विशेषता भनेको फोन नतातिकनै चाँडो चार्ज हुने कम्पनीको दाबी छ ।
१२८ जीबीको स्टोरेज भएको रियलमी सी५१ मा सबै एप, तस्वीर र अत्यावश्यक फाइलहरूका लागि पर्याप्त स्पेस छ । ४ जीबीको बिल्ट–इन यमका साथै डीआरई टेक्नोलोजीमार्फत थप ४ जीबी र्याम बढाउन पनि मिल्छ । ५००० एमएएचको हेभी ब्याट्री पावरले ग्राहकहरुलाई दिनभर भिडिओ हेर्न अथवा खेल खेल्न प्रसस्त पावर पनि हुने कम्पनीले बताएको छ । यसमा भएको ५० मेगापिक्सेल एआई क्यामेराले असाधारण रुपमा आकर्षक तस्वीरहरू निकाल्दछ ।
७.९९ एमएमको अल्ट्रा–स्लिम डिजाइनसहित यस प्राइस सेगमेन्टकै सबैभन्दा स्लिम फोनको रूपमा आएको रियलमी सी५१ स्टाइल र सुन्दरताको उत्कृष्ट मिश्रण भएको तथा आकर्षक (६.७४ इन्च) ९० हर्ज डिस्प्लेमा रहेको मिनी क्याप्सुलले सिमलेस तथा भाइब्रेन्ट भिजुअल अनुभव प्रदान गर्ने कम्पनीले बताएको छ । प्रसस्त स्टोरेज र आकर्षक डिस्प्लेयुक्त रियलमी सी५१ ले आधुनिक स्मार्टफोनहरूका लागि नयाँ बेन्चमार्क सेट गरेको बताइएको छ ।
रियलमी सी५१ आकर्षक मिन्ट ग्रीन र कार्बन ब्ल्याक कलरमा मात्र १४ हजार ९९९ मूल्यमा ४+६४ जिबीको स्टोरेजमा उपलब्ध छ ।
FACEBOOK COMMENTS