काठमाडौंँ । सर्वाधिक लोकप्रिय टेक्नोलोजी ब्रान्ड रियलमीले ‘उत्सवको बहार, हरेक दिन उपहार’ क्याम्पेनको विजेताहरु घोषणा गरेको छ।
गतअसोज १० गतेदेखि गते कार्तिक १४ गते सम्म शुरु भएको उक्तक्याम्पेनकाविजेताहरुलाई यहिमंसिर ११ गते पुरस्कार प्रदान गरिएको हो ।जसअन्तर्गत बुटवलकि सन्ध्या सिंह ठकुरी (गौरा कालिका मोबाइल) ले ६५ इन्चको कोनका ४ के टेलिभिजन र बाग्लुङका पूर्ण बहादुर मल्ल(अलिशामोबाइल सेन्टर) ले ७ केजिको वाशिङ मेसिन जितेका छन् ।
त्यस्तै सामाखुशीका सुजन बस्नेतले ( लमजुङ इलेक्ट्रोनिक्स) ले रियलमी ९ ४ जि (८/१२८जिबि) जितेका छन् । रियलमीले चाडबाडको समयमा आफ्ना उपभोक्ताहरुलाई स्मार्टफोन, टेलिभिजन, वाशिङ मेसिन लगायतका विभिन्न उपहारहरु प्रदान गर्ने अफर ल्याएको थियो । त्यस्तै उक्त अफरमा डेली प्राइज अन्तर्गत कोनका मिक्सर, हिटर, भ्याकुम क्लिनर, राइस कुकर,रियलमी सि ३०/२३२ जिबि) लगायतका उपहारहरु पनि समावेश थिए ।
रियलमीले नवीनतम प्रविधीयुक्त फोनहरु सर्वसुलभ मुल्यमा बजारमा उपलब्ध गराउँदै आएको छ । नेपालीहरुको महान चाड विजयादशमी, दिपावलि तथा छठको उपलक्ष्यमा रियलमीले आफ्ना उपभोक्ताहरुको लागि आकर्षक अफर ल्याएको थियो । आफुले खरिद गरेको सेटको मोडल, आइएमइआइनम्बर, आफ्नो नाम लगायतका विवरणहरु रियलमीको वेबसाइटमा दर्ता गरेका उपभोक्ताहरुलाई यस अफरमा सहभागि गराइएको थियो ।
FACEBOOK COMMENTS