काठमाडौं । सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्राण्ड रियलमीको नयाँ फोन ‘रियलमी १२ प्रो प्लस’ अब दराजमा अग्रिम बुकिङ्गका लागि उपलब्ध भएको छ ।
६.७ इन्चको सुपर एमोलेड डिस्प्ले तथा फुल एचडी रिजोलुसन भएको ‘रियलमी १२ प्रो प्लस’ मा १२० हर्जको रिफ्रेस रेट रहेको छ ।
‘रियलमी १२ प्रो प्लस’को हरेक खरिदमा तथा निःशुल्क डेलिभरीसहित निःशुल्क टी १०० इयरबड प्राप्त गर्न सकिनेछ । साथै दराजबाट खरिद गर्ने ग्राहकहरूले रू. १,००० को छुट भाउचर पनि प्राप्त गर्नेछन् । यो बाहेक ग्लोबल आईएमई बैंकबाट अनलाइन भुक्तानी गर्ने ग्राहकहरूले रू. ७५० को अतिरिक्त छुट पाउने व्यवस्था छ । यो अफर आज जेठ १९ गतेदेखि जेठ २३ गतेसम्म मात्र लागू हुनेछ ।
क्वाल्कम स्न्यापड्रागन ७ एस जेन २ प्रोसेसर तथा ४ एनएम ओक्टा सीपीयूमा सञ्चालित ‘रियलमी १२ प्रो प्लस’मा धेरै एपहरू चलाउँदा पनि एकदमै छिटो काम गर्छ । यो फोनमा १२ जिबीको र्यामसँग ५१२ जीबीको आन्तरिक स्टोरेज हुन्छ जुन आवश्यक्ता अनुसार २४ जीबीसम्म थप्न पनि सकिन्छ ।
फोटोग्राफी तथा भिडियो निर्माणमा चाख राख्नेहरूको लागि ‘रियलमी १२ प्रो प्लस’को बहुमुखी क्यामेरा अति उपयोगी हुन्छ । ६४ मेगा पिक्सेलको पेरिस्कोप क्यामेरा, ओम्निभिजन ओभी ६४बी सेन्सर र ओआईएक्स, अत्यधिक सफा फोटोको लागि ५० मेगापिक्सेलको सोनी आईएमएक्स ८९० ओआईएस क्यामेरा, ८ मेगा पिक्सेलको ११२ डिग्रीको वाइड एङ्गल क्यामेरा र ३२ मेगा पिक्सेलको सोनी आईएमएक्स५ सेल्फी क्यामेरा जस्ता अत्याधुनिक सुविधाहरू ‘रियलमी १२ प्रो प्लस’मा उपलब्ध छ । यी अत्याधुनिक क्यामेराहरूले प्रयोगकर्ताहरूलाई अटो जुम, सुपर नाईटस्केप, स्टारी मोड प्रो तथा फोर के भिडियो रेकर्डिङ्ग जस्ता फिचरहरू प्रदान गर्दछ ।
१६१.४७ मिलिमिटरको लम्बाई, ७४.०२ मिलिमिटरको चौडाई र ८.७५ मिलिमटरको उचाई रहेको ‘रियलमी १२ प्रो प्लस’ स्मार्टफोनको तौल करिब १९६ ग्राम रहेको छ । ‘रियलमी १२ प्रो प्लस’को प्याकेजमा ६७ वाटको सुपरभोक चार्जिङ्ग एडप्टर, एउटा टाइप सी यूएसबी केबल, वारेन्टि कार्ड, सेफ्टी गाइड, क्विक गाईड, सिम इन्जेक्टर पिन, सेफ्टी बक्स, स्क्रिन प्रोटेक्टर राखिएको कम्पनीले जनाएको छ ।
‘रियलमी १२ प्रो प्लस’ १२ जिबी र्याम, २५६ जीबी स्टोरेजको भेरियन्ट नेपालमा उपलब्ध छ । दराजमा सबमरिन ब्लू र एक्सप्लोरर रेड रङ्गमा उपलब्ध ‘रियलमी १२ प्रो प्लस’को मूल्य रू. ५० हजार ९९९ राखिएको छ ।
FACEBOOK COMMENTS