काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुनको तोलाको १५ सयले घटेर तोलाको २ लाख ७६ हजार ५ सयमा कारोबार भइरहेको छ ।
यसअघि बुधबार सुन तोलाको २ लाख ७८ हजारमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १७० रुपैयाँले घटेर तोलाको ५४८५ रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि बुधबार चाँदी तोलाको ५६५५ रुपैयाँमा कारोबार भएको थियो ।

FACEBOOK COMMENTS