-काठमाडौं । शाओमीले नयाँ स्मार्टफोन नेपालमा सार्वजनिक गरेको छ ।
कम्पनीले रेड्मी १०ए नेपालमा सार्वजनिक गरेको हो । रेड्मी १०ए बारे सार्वजनिक कार्यक्रममा बोल्दै कम्पनीका नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पंडाले टेक्नोलोजीको सन्दर्भमा शाओमीले आफ्नो सिमा फराकिलो पार्दै अघि बढेको बताए ।
यस्तै उनले नवीनताको सन्दर्भमा उच्च मापदण्डहरू स्थापित गरि रेडमी सिरिजलाई देशमा सबैभन्दा बढी बिक्री हुने स्मार्टफोन सिरिज बनाएको दावी समेत गरे । उनले भने, ‘क्यामेरा, उच्च रिजोल्युसन डिस्प्ले, उच्च कार्य सम्पादन र पावर–प्याक ब्याट्रीको सुधारको साथ हामीले रेड्मी १०ए बजारमा ल्याएका छौँ ।’
कम्पनीका अनुसार रेड्मी १०ए मा ६.५३ एचडी डिस्प्ले रहेको छ भने १३ एमपी मेन क्यामेरा रहेको छ । त्यस्तै, २जीबी प्लस ३२ जीबी र ३जीबी प्लस ६४ जीबी स्टोरेज रहेको फोनहरु बजारमा उपलब्ध रहेको छ । जसको बजार मूल्य क्रमशः १३ हजार ९ सय ९९ र १५ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ ।
FACEBOOK COMMENTS