काठमाडौं । विश्वव्यापी प्रविधि कम्पनी शाओमीले नेपालमा आफ्नो रेड्मी नोट १५ सिरिज सार्वजनिक गरेको छ । यस सिरिजमाचारवटा मोडेलहरू– रेड्मी नोट १५ प्रो+ ५जी, रेड्मी नोट १५ प्रो ५जी, रेड्मी नोट १५ ५जी र रेड्मी नोट १५ ४जी समावेश गरिएको छ, जसले विभिन्न प्रकारका प्रयोगकर्ताहरूलाई फरक–फरक सुविधाहरू प्रदान गर्नेछन् ।
यो सिरिजको सबैभन्दा उन्नत मोडेल रेड्मी नोट १५ प्रो+ ५जीमा ६,५०० एमएएच सिलीकोन–कार्बोन (एसआईसी) ब्याट्री रहेको छ जसमा१०% एसआईसी सामग्री छ । यसमा १००वाट हाइपरचार्ज रहेको छ जसले करिब ४० मिनेटमै पूर्णचार्ज गर्छ ।
साथै २२.५वाट रिभर्सचार्जिब सुविधा पनि उपलब्ध छ । रेड्मी नोट सिरिजमा पहिलोपटक क्ष्ऋब्याट्री प्रविधि प्रयोग गरिएको छ, जसले सानो आकारमा बढी ऊर्जाक्षमता दिन्छ ।
सबै प्रो मोडेलहरूमा यो एसआईसी ब्याट्रीले शाओमी सर्ज ब्याट्री म्यानेजमेन्ट सिस्टमसँग मिलेर १,६०० चार्ज साइकलपछिपनि ८०% वा बढी क्षमता कायम राख्छ, जुन लगभग ६ वर्षको सामान्य प्रयोगको बराबर हो ।
यस डिभाइसले आईपी६६/आईपी६८/आईपी६९/आईपी६९के प्रमाणीकरण हासिल गरेको छ र एसजीएस–प्रमाणित २.५ मिटर ड्रप प्रतिरोधक क्षमता छ ।कोर्निंग गोरिल्ला ग्लास विक्टस २ र फाइबरग्लास–कम्पोजिट निर्माणले यसलाई थप बलियो बनाएको छ । स्न्यापड्रागन ७ एस जेन ४ मा चल्ने यस डिभाइसमा शाओमी हाइपर एआई (एआई राइटिब, स्पीच रिकग्निसन, र इन्टरप्रिटर सहित), शाओमी सर्ज टी१एसट्युनर र किलोमिटर दूरीसम्म काम गर्ने अफलाइन कम्युनिकेसन सुविधा रहेको छ ।



रेड्मी नोट प्रो+ ५जीमा २००एमपी प्राइमरी क्यामेरा छ जसमा २एक्स र ४एक्स अप्टिकल–लेभल इन–सेन्सर जूम र ओआईएस फिचर छ । यसमा विश्वभर पहिलो पटक २००एमपी एचपीई इमेज सेन्सर प्रयोग गरिएको छ । एउटै लेन्स, ५ फोकल लेन्थ डीएजी एचडीआर र उन्नत एआई प्रशोधनले विभिन्न प्रकाशमा पनि विस्तृत र वास्तविक तस्बिरहरू दिन्छ ।यस मोडेलमा शाओमी आइसलुप कूलिब सिस्टम पनि छ, जुन यो मूल्य दायरामा एकमात्र एलएचपी कुलिब समाधान हो र तीन गुणा हिट–ट्रान्सफर दक्षता र थर्मल–कन्डक्टिभिटी दिन्छ ।

६.८३–इन्चको १.५के एमोलेड क्रिस्टल रेस डिस्प्लेले ३,२०० निट्स पिक ब्राइटनेस दिन्छ, रदुअल स्पिकरहरूले ४००% भोल्युम बूस्टको साथ इमर्सिभ मल्टिमिडिया अनुभव दिन्छ । कनेक्टिभिटीको लागि, प्रो मोडेलहरूमा फ्ल्यागशिप–लेभल शाओमी अफलाइन कम्युनिकेसन सुविधा छ, जसले नेटवर्क कभरेज नभएको अवस्थामा पनि किलोमिटर–स्तरको आवाज प्रसारण गर्न सक्छ ।

रेड्मी नोट १५ प्रो+ ५जी मा शाओमी सर्ज टी१एस ट्युनर पनि छ, जसले वाइफाइ, ब्लुटुथ®, जीपीएस र सेलुलर नेटवर्कहरूमा बलियो र स्थिर कनेक्टिभिटी दिन्छ । यो कालो, ग्लेसियर निलो र मोका ब्राउन रबमा उपलब्ध छ ।

रेड्मी नोट १५ प्रो ५जी मोडेलमा पनि २००एमपी क्यामेरा सिस्टम र आईपी६६, आईपी६८, आईपी६९, आईपी६९के रेटिब छ तर मिडियाटेकको डाइमेन्सिटी ७४०० अल्ट्रा प्रोसेसर प्रयोग गरिएको छ । ६,५८० एमएएच सिलीकोन कार्बन ब्याट्रीले १,६०० साइकलपछि (लगभग छ वर्ष) ८०% क्षमता कायम राख्छ र ४५डब्लू मा चार्ज हुन्छ । एआई क्रिएटिभिटी असिस्टेन्टमा एआई इरेज प्रो, एआई इमेज एक्सपान्सन, र एआई रिमुभ रिफ्लेक्सन जस्ता उन्नत टूलहरू छन्।
६.८३–इन्चको डिस्प्ले प्रो+ को जस्तै छ, कोर्निंग गोरिल्ला ग्लास विक्टस २ सुरक्षा र ४००% भोल्युम–बूस्टेड दुअल स्पिकर्स सहित छ ।यस मोडेलमा शाओमी अफलाइन कम्युनिकेसन छ र गुगल जेमिनी सर्कल टु सर्च समर्थन गर्छ । यो कालो, ग्लेसियर निलो, टाइटेनियम र मिस्टपर्पल रबमा उपलब्ध छ ।
रेड्मी नोट १५ ५जी मोडेल ७.३५ मिलिमिटर प्रोफाइलसहित रेड्मी नोटको सबैभन्दा पातलो डिभाइस हो, तर यसमा ५,५२० एमएएच सिलिकन–कार्बन ब्याट्री छ । १०८ मेगापिक्सेल क्यामेराले ३ गुणा इन–सेन्सर जुम र ओआईएस दिन्छ, र पातलो भए पनि आईपी६६ वाटर रेजिस्टेन्स कायम छ ।
स्न्यापड्रागन ६ जेन ३ मा चल्ने यो यन्त्रमा ४५ वाट चार्जिब छ र ६.७७ इन्चको एमोलेड डिस्प्लेले ३,२०० निट पिक ब्राइटनेस दिन्छ ।एआई एडिटिब टूलहरूमा इरेज, रिमुभ रिफ्लेक्सन, स्काई, बोके र ब्युटिफाई प्रकार्यहरू छन् । डुअल
FACEBOOK COMMENTS