काठमाडौं । पछिल्लो समयमा स्टाइल र पर्फर्मेन्सको सन्तुलन भएको स्मार्टफोन भेट्टाउनु चुनौतीपूर्ण छ । बजारमा धेरै स्मार्टफोनहरू उपलब्ध छन् तर प्रयोगकर्ताहरूले कि त स्टाइलिस कि त राम्रो पर्फर्मेन्स भएको स्मार्टफोन छनोट गर्नुपर्छ । यदि एउटै स्मार्टफोनमा सानदार डिजाइन र शक्तिशाली पर्फर्मेन्स दुवै प्राप्त गरे ग्राहकको रोजाइमा कस्तो प्रभाव पर्ला ? प्रस्तुत छ, एउटा यस्तो स्मार्टफोन रेडमी नोट १३ प्रोको विस्तृत जानकारी जसमा डिजाइन र पर्फर्मेन्सको उत्कृष्ट संयोजन पाउन सकिन्छ :
रेडमी नोट १३ प्रोको विस्तृत जानकारी लिनुअघि यसका प्रमुख विशेषताहरूलाई हाइलाइट गर्नु महत्त्वपूर्ण रहन्छ । यसमा ६.६७ इन्चको एमोलेड डिस्प्ले, सहज मल्टिटास्किङका लागि मिडिया टेक हेलियो जी ९९ अल्ट्रा प्रोसेसर र सुन्दर फोटोहरूका लागि बहुमुखी २०० मेगापिक्सल क्यामेरा समावेश रहेको छ । साथै यसमा आईपी ५४ डस्ट र स्प्ल्यास रेजिस्टेन्स उपलब्ध गराइएको छ भने ग्लास चाहिँ कोर्निङ गोरिला ग्लास ५ रहेको छ ।
स्टाइलिश र सानदार एमोलेड डिस्प्ले
रेडमी नोट १३ प्रो मा ७.९८ मिलिमिटरको मोटाइ र १८८ ग्राम तौल रहेको छ जसले गर्दा यो स्मार्टफोन समात्न र प्रयोग गर्न निकै सहज छ । साथै ६.६७ इन्चको एमोलेड डिस्प्ले, २४००-८-१८०० पिक्सेलको रिजोल्युसन र १२० हर्जको सुमधुर रिफ्रेस रेटका साथ प्रयोगकर्ताले सानदार डिस्प्लेको अनुभव प्राप्त गर्न सक्नेछन् । साथमा आईपी ५४ ले धुलो र पानीबाट पनि स्मार्टफोनलाई सुरक्षा दिन्छ ।
शक्तिशाली प्रदर्शन
रेडमी नोट १३ प्रो मिडिया टेक हेलियो जी ९९ अल्ट्रा प्रोसेसरद्वारा सञ्चालित छ । एन्ड्रोइड १४ मा आधारित शाओमी हाइपर ओएसमा चल्ने यो स्मार्टफोनले प्रयोगकर्तालाई सहज अनुभव र अन्य विविध विशेषताहरू प्रदान गर्दछ । स्टोरेजको कुरा गर्नुपर्दा यो फोन ८ जीबी +२५६ जीबी वा १२ जीबी +५१२ जीबी स्टोरेज भेरिएन्टमा उपलब्ध छ जसले अत्यधिक फोटो, भिडियो र अन्य फाइलहरू भण्डारण गर्न प्रशस्त ठाउँ दिन्छ ।
२०० मेगापिक्सलको क्यामेरा
रेडमी नोट १३ प्रोले फोटोग्राफीलाई नयाँ उचाइमा पुर्याउन मद्दत गर्नेछ । अप्टिकल इमेज स्टेबलाइजेसन पनि समावेश रहेको २०० मेगापिक्सलको मुख्य क्यामेराले प्रत्येक विवरणलाई उत्कृष्ट स्पष्टतासँग कैद गर्दछ । साथै ८ मेगापिक्सलको अल्ट्रावाइड क्यामेराका साथ विस्तृत शट र २ मेगापिक्सलको म्याक्रो क्यामेराका साथ डिटेल्स पनि यो स्मार्टफोनले कैद गर्न सक्छ । १६ मेगापिक्सलको फ्रन्ट क्यामेराले प्रयोगकर्ताको सेल्फीलाई सधैं उत्कृष्ट बनाउँदछ ।
दीर्घकालीन ब्याट्री लाइफ र फास्ट चार्जिङ
रेडमी नोट १३ प्रोको एक प्रमुख विशेषता भनेको यसको प्रभावशाली ५,००० एमएएचको ब्याट्री हो जसले यसको दिनभरको प्रयोग सुनिश्चित गर्दछ । चार्ज सकिएपछि भने ६७ वाटको टर्बो फास्ट चार्जरले प्रयोगकर्तालाई छिट्टै चार्ज गर्न मद्दत पुर्याउँछ । डल्बी एटमससहितको डुअल स्पिकर र इनडिस्प्ले फिंगरप्रिन्ट सेन्सरजस्ता अतिरिक्त सुविधाहरूले रेडमी नोट १३ प्रोलाई पूर्ण प्याकेज बनाउँदछ ।
रेडमी नोट १३ प्रो स्टाइल र पर्फर्मेन्सको उत्तम सन्तुलन हो जुन स्मार्टफोन चाहने जोकोहीका लागि एउटा सबैभन्दा उत्कृष्ट विकल्प बन्न सक्छ ।
मूल्य तथा अफरहरू
रेडमी नोट १३ प्रो मिडनाइट ब्ल्याक, फरेस्ट ग्रीन र ल्याभेन्डर पर्पलमा उपलब्ध छ । पहिले ३४ हजार ९९९ रूपैयाँ पर्ने रेडमी नोट १३ प्रो ८ जीबी +२५६ जीबी भेरिएन्ट ३२ हजार ९९९ रूपैयाँको विशेष अफरमा उपलब्ध छ भने ३९ हजार ९९९ रूपैयाँ पर्ने १२ जीबी +५१२ जीबी भेरिएन्ट ३५ हजार ९९९ रूपैयाँको विशेष अफरमा उपलब्ध छ ।
FACEBOOK COMMENTS