काठमाडौँ । सेयरबजार परिसूचक नेप्से आज ५०.०४ अंकले बढेर २००० विन्दुमाथि पुगेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार आज बजार खुलेदेखि नै निरन्तर बढेको थियो।
यसअनुसार आज २१३ कम्पनीको सेयर बढेको छ भने तीनवटाको मात्रै घटेको र दुईवटाको उही मूल्यमा कारोबार भएको छ। आज २६२ कम्पनीको ४५ लाख कित्ता सेयर १ अर्ब ५६ करोडमा कारोबार भएको हो।
योसँगै आज शुभम पावर र नेपाल इन्स्योरेन्स कमपनीका लगानीकर्ताले झण्डै १० प्रतिशत कमाएका छन्। आज लगानीकर्ताले ५.८१ प्रतिशतसम्म गुमाएका छन्। त्यस्तै आज शिवम् सिमेन्टको सर्वाधिक ७ करोड ८५ लाखको कारोबार भएको नेप्सेले जनाएको छ।
योसँगै शेयर बजारमा गुमेको चमक फर्किएको छ । यसअघि बजार निरन्तर घटेर १९३७ विन्दुसम्म आएको थियो ।
FACEBOOK COMMENTS