काठमाडौं । रिडी हाईड्रोपावर डेभलपमेण्ड कम्पनीले सेयर लगानीकर्तालाई १२.६ प्रतिशत लाभांश दिने भएको छ ।
कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/ ०७८ उक्त नगद लाभांश (करसहित) दिने भएको हो । उक्त लाभांश आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् । कम्पनीको २० औं साधारणसभा कात्तिक १२ गते जुम मार्फत हुने भएको छ ।
FACEBOOK COMMENTS