काभ्रे । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–६ गणेशथानकी ४६ वर्षीया सुनिता श्रेष्ठलाई अवैध भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ।
प्रहरी चौकी पनौतीबाट खटिएको टोलीले श्रेष्ठको घरमा तलासी गर्दा एक थान भरुवा बन्दुक बरामद गरेको हो।
बरामद गरिएको बन्दुकसहित श्रेष्ठलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
FACEBOOK COMMENTS