काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभा सदस्यका लागि सप्तरी निर्वाचन क्षेत्र नं २ बाट उम्मेदवारी दर्ता गराएका छन्।
राजविराजको मुख्य निर्वाचन कार्यालयमा आइतबार उनले उम्मेदवारी दर्ता गराएका हुन् । नेकपा (एमाले)सँगको गठबन्धनबाट जसपाका अध्यक्ष यादवले सप्तरीबाट उम्मेदवारी दर्ता गराएका हुन् ।
यादव विसं २०७४ मा पनि सोही निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। संविधानसभाका २०६४ र २०७० को निर्वाचनमा भने उनी सुनसरी–५ बाट निर्वाचित भएका थिए ।
FACEBOOK COMMENTS