काठमाडौँ। पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मीले बिमानस्थलका कर्मचारी झापड हानेका छन् ।
सिइयो रेग्मीले भंसार विभागका नासु सुमन थापामाथि चेकजाँच गर्ने क्रममा हातपात गरेका हुन् । सिइओ रेग्मी जाँड खाएर झ्यापमा थिए । उनि कात्तिक २० गते शनिबार बिहान लन्डनबाट नेपाल आएका हुन् उनले आफ्नो व्यागमा ६ बोत्तल मदिरा ल्याएका थिए । सोही मदिरा चेकजाँच गर्दा रेग्मीले थापालाई झापड हानेका हुन् ।
भन्सार जाँचपासमा खटिएका थापाले ६ बोतल मदिरा देखेपछि रेग्मीले सोधेका थिए , ‘साथमा कतिजना हुनुहुन्छ?’ प्रश्न सुन्नेबित्तिकै रेग्मीले थापामाथि एक थप्पड मात्र लगाएनन् र भने , ‘म को हो चिनेको छस् ? म देश चलाउने मान्छे हुँ । ‘अहिले रेग्मी माथि भंसार ऐन अनुसार कारबाही चलेको छ ।
FACEBOOK COMMENTS