काठमाडौं । सुचना प्रविधि तथा सञ्चार मन्त्री रेखा शर्माले डिजिटल व्यापारलाई अगाडि बढाउनु सरकारले अध्यादेश ल्याउँन लागेको बताएकी छिन् ।
शुक्रबार एनसीआईसीके डिजिटल एक्सपो २०२४ को उद्घाटन समारोहमा बोल्दै उनले यसले देश व्यापी मात्र नभई अन्तर्राष्ट्रिय रूपमा पहिचान पाँउ सक्ने बताईन् ।
आईटी आईटीमा मात्र नभई कृषि, उर्जा र पर्यटनमा पनि जोडिएको उनले बताईन् ।
‘कमजोर अर्थतन्त्रलाई सवली करण गर्ने डिजिटल एक्सपोले सहयोग पुग्ने छ । सबै क्षेत्र घाटामा रहेपनि आईटी क्षेत्र घाटामा रहन्न । यहीँ क्षेत्रले देशको अर्थतन्त्र जोगाउन सक्छ ।’ शर्माले भनिन् , ‘अनलाइन व्यापार बढेको छ । सुचना प्रविधिको प्रयोग गरेर व्यापार व्यवसाय फस्टाउन सक्छ । डिजिटल व्यापारलाई अगाडि बढाउनु सरकारले अध्यादेश ल्याउँदै छ ।’
डिजिल व्यापारलाई प्रवर्धन गर्न नीति नियम ल्याउन लागेको उनले बताईन् ।
शर्माले भनिन्, ‘उद्यमशिलता र रोजगार प्रबर्द्दन गर्न आउने बजेट बनाउन सबैले मलेर काम गर्नुपर्छ । देशको आर्थिक बिकासमा डिजिटल र प्रविधिको महत्व रहेको छ । स्थानिय तहसँग समन्वय गरेर स्थानिय उद्योगको बिकासका लागि डिजिटल र प्रबिधिले थप योगदान पुर्याउने छ । ’
FACEBOOK COMMENTS