काठमाडौँ । अभिनेत्री रेखा थापाको रङ्गमञ्चमा इन्ट्री भएको छ । रेखाले नाटक ‘मीरा’ मार्फत रङ्गमञ्चमा इन्ट्री गर्न लागेकी हुन् ।
रेखाले रङ्गमञ्चमा आफ्नो इन्ट्रीबारे जानकारी दिँदै भनेकी छन्, ‘मेरो कलाकारिता जीवनमै पहिलो पटक म रङ्गमञ्चको स्टेज उक्लँदैछु, त्यसैले पनि मीरा मेरो लागि विशेष छ ।’
नाटक ‘मीरा’ फिल्म एकेडेमीको नाटकघर, कान्तिपुर थिएटर, गैह्रीधारामा हरेक दिन साँझ ५ः३० बजेदेखि प्रदर्शन हुने छ ।
यो नाटकको प्रिमियर बिहीबार (जेठ १५) गते गरिने तय भएको भए पनि असहज राजनीतिक परिस्थितिका कारण स्थगित भएको थियो । अब नाटकको औपचारिक मञ्चन आगामी सोमबारदेखि सुरू हुने भएको छ । नाटक असार ७ गतेसम्म प्रस्तुत गरिने भएको छ ।
FACEBOOK COMMENTS