काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा एमडीआरटी२०२३ को लागि योग्य २० अभिकर्ताहरुलाई भब्य कार्यक्रम बीच सम्मान गरेको छ ।
सो कार्यक्रम काठमान्डूको गोकर्ण फरेस्ट रिसोर्टमा यहि माघ २२ गते आयोजना गरिएको थियो कार्यक्रममा कम्पनीका सिनियर मेनेजमेन्ट, एमडीआरटीका अभिकर्ताहरु, रिजनल मेनेजर का साथै ब्रान्च मेनेजरहरुको पनि सहभागिता रहेको थियो ।
कार्यक्रममा कम्पनीका सीइओ राकेश पोखरेलले, एमडीआरटी अभिकर्ताहरुले आफ्नो व्यवसायमा प्रदर्शन गर्नुभएको अठोट र अथक परिश्रमले गर्दा नै निरन्तर प्रतिष्ठित एमडीआरटी ग्लोबल कनफेरेन्स मा सहभागिता जनाउन सफल भएको र संगै कम्पनिको गरिमा पनि बढाएकोमा सहर्ष धन्यबाद व्यक्त गर्नुभएको थियो । वहाँले आगामी दिनमा कम्पनीले थप उत्कृष्ट प्रशिक्षण ,आकर्षक स्किम लगायतका कार्यक्रम ल्याई हौसला प्रदान गर्ने र त्यस्ता कार्यक्रमले एमडीआरटी अभिकर्ताहरु कम्पनीले जन्माउनेमा विश्वास ब्यक्त गर्नुभयो । साथै रिलायन्स लाइफ इन्स्योरेन्सले सबै पक्षमा उत्कृष्ट प्रदर्शन गरी निकट भबिष्यमा इन्स्योरेन्स क्षेत्रको ‘बेञ्च माकर्’ कम्पनि बन्नेमा प्रतिब्धता ब्यक्त गरे ।
साथै, टीओटी , सीओटी तथा एमडीआरटी नमिता न्यौपानेले, भब्य सम्मान कार्यक्रमको लागि कृतज्ञता ब्यक्त गर्नु भयो , कम्पनीको निरन्तर सहयोग तथा मार्गदर्शन प्राप्त भएको र आगामी दिनमा थप हौसला प्राप्त हुनेमा विश्वास ब्यक्त गरेका छन् । उनले उत्कृष्ट व्यवसायिक नतिजाको लागि कम्पनि र अभिकर्ताको बीच निरन्तर सल्लाह र सुझाव आदान हुनुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा कम्पनीका सिनियर मेनेजमेन्टद्वारा २० एमडीआरटीहरुलाई सम्मान गरिएको थियो ।
FACEBOOK COMMENTS