काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स र सन्चो हस्पिटल प्रालि। हेटौडा बीच मेडीकल इन्स्योरेन्सको लागि सेवा सम्झौता भएको छ।
उक्त सम्झौता पश्चात रिलायन्स लाइफ इन्स्योरेन्सका ग्राहक तथा बीमितहरुले हस्पिटलको प्रयोगशाला सेवा ,एक्स(रे, इसीजी , इसीएचओ लगायत सेवाहरूमा बिशेष छुट पाउनेछन । सम्झौता कार्यक्रममा अंडरराइटिङ विभाग प्रमुख एकराज पाठक, एरिया मेनेजर सुर्य गिरी लगायत सन्चो हस्पिटलका तर्फबाट मेनेजर अशोक कायस्थको उपस्थिति रहेको थियो।
रिलायन्स इन्स्योरेन्सले आफ्ना ग्राहकहरुको सुविधाका लागि विभिन्न जिल्लामा : मेडीकल इन्स्योरेन्स तथा अंडरराइटिङको लागि स्थानीय स्वास्थ संस्थाहरुसंग सम्झौता गर्ने कार्यलाई निरन्तरता दिंदै गईरहेको छ ।
FACEBOOK COMMENTS