काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको कामु प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत निराजन कँडेल नियुक्त भएका छन् ।
कम्पनी सञ्चालक समितिको गत शुक्रबार बसेको बैठकले उनलाई अर्को व्यवस्था नभएसम्मका लागि कामु सीईओको जिम्मेवारी दिएको हो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले पुस १२ गते चार वर्षे कार्यकाल पूरा गरेर बाहिरीएका छन् । पराजुली नेपाल लाइफ इन्स्योरेन्समा ६ महिनापछि सीईओ बन्ने तयारीमा छन् ।
FACEBOOK COMMENTS