काठमाडाैँ । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको नाफा साढे ८ करोड नाघेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तिय विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको नाफा ३ करोड ६३ लाख रुपैयाँले बढेर ८ करोड ६७ लाख ७९ हजार रुपैयाँ पुगेको छ ।
गत असार मसान्तसम्म कम्पनीले ५ करोड ३ लाख ८३ हजार नाफा कमाएको थियो । समीक्षा अवधिमा कम्पनीले २ अर्ब ३४ करोड ५८ लाख रुपियाँ सञ्चालन आम्दानी गरेको छ । कम्पनीले असोज मसान्तसम्ममा २८ करोड ९४ लाख रुपियाँ कुल नाफा कमाएको छ ।
कम्पनीको अन्य आम्दानी १ करोड १३ लाख ५५ हजार रुपियाँ र सञ्चालन मुनाफा २० करोड ३१ लाख ३० हजार रुपियाँ तथा वित्तीय खर्च १० करोड ४३ लाख ७४ हजार रुपियाँ रहेको छ। कुल १ अर्ब ७० करोड ७३ लाख ४० हजार रुपियाँ चुक्ता पुँजी रहेको कम्पनीको अन्य इक्विटीमा ५ अर्ब ४३ करोड २४ लाख ७५ हजार रुपियाँ छ ।
नेपाल विद्युत प्राधिकरणले पटक पटक विद्युतको लाइन काट्दा गत बर्ष घटेको रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको वित्तीय विवरणमा यस बर्ष भने सुधार आएको छ । गत बर्ष कम्पनीको प्रतिशेयर आम्दानी ९ईपीएस० घटेर २.९७ रुपियाँमा झरेकोमा चालु आर्थिक बर्षको पहिलो त्रैमासमा सुधार भएर १९.९५ रुपियाँ पुगेको छ ।
देशको ठूलो एक निर्यातमूलक उद्योग रिलायन्स स्पिनिङ मिल्सले विद्युतको प्रिमियम महशुल नतिरेको भन्दै आलोचना र उजुरी गरेर उसले बुक बिल्डिङ विधिबाट सर्वसाधारणको लागि निष्काशन गर्न लागेको आईपीओ रोक्ने काम भएको थियो ।
भारतदेखि टर्कीसम्म बार्षिक अर्बौं रुपियाँको धागो निर्यात गर्दै पटक पटक उत्कृष्ट निर्यातकर्ताको रुपमा समेत सम्मानित भएको यस उद्योगविरुद्धपछिल्लो समयमा धेरै मुद्दा र उजुरी गरेर विवादमा ल्याउँदा उद्योगको अन्तर्राष्ट्रिय छवीमा समेत असर परेको छ । यद्यपिअहिले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्नेसम्वन्धमा उच्च अदालत पाटन, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), नेपालधितोपत्र बोर्डबाट ‘क्लिन चिट’ पाइसकेको छ । तीन दशकदेखि निरन्तर संचालमा रहेको कम्पनीमा साढे चार हजारलाइ प्रत्यक्ष रोजगारी दिएको छ।
पटक पटक सीआईपी अवार्ड बाट समेत सम्मानित हुँदै आएको रिलायन्सले थप नयाँ उद्योग राख्ने थालको छ भने आवश्यक लगानी स्वदेशमै जुटाउन बुक बिल्डिङ प्रकृताबाट आईपीओ निश्कासनको अन्तिम चरणमा रहेको छ।
FACEBOOK COMMENTS