काठमाडौं । रेड बुलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई करोड रुपैयाँ सहयोग प्रदान गरेको छ ।
रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको तत्काल राहत तथा पुनस्र्थापनामा सहयोग पुर्याउने उद्देश्यले सहयोग गरेको हो ।
उक्त सहयोग रकम सरस बेभरेजका प्रबन्ध निर्देशक सुरेन्द्र सिलवालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन् ।
बाढीका कारण भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दु:ख व्यक्त गर्दै कम्पनीले प्रभावित परिवार तथा समुदायप्रति सहानुभूति र ऐक्यबद्धता प्रकट गरेको छ ।