काठमाडौँ । विश्व हिन्दु महासघंका अध्यक्ष अस्मिता भण्डारी लगायत संस्थाका प्रतिनिधिहरुले धार्मिक क्षेत्रको शान्ति सुरक्षाको विषयको सम्बन्धमा गृहमन्त्री ओमप्रकाश आर्याललाई ध्यानाकर्षण गराएका छन् ।
मन्त्रालयमा भएको छलफलमा गृहमन्त्री अर्यालले बहुसांस्कृतिक र बहुजातिय देशमा धार्मिक अशान्ति फैलिने खालका कुनै पनि गतिविधि गर्न नहुने र कसैले गरेमा त्यसलाइ कानुन बमोजिम कारवाहीको दायारमा ल्याइने कुरा बताएका छन् ।
भेटका क्रममा अर्यालले देशमा शान्ति तथा अमन चयन कायम गर्न र एक अर्काको धर्मिक आस्था र विश्वासलाइ स्वीकार र सम्मान गर्दै समाजमा धार्मिक सहिष्णुता सामाजिक सद्भाव र अमनचैन कायम राख्न धार्मिक सघं सस्थाहरुको महत्त्वपूर्ण भूमिका रहने बताए ।
छलफलका क्रममा अर्यालले सामाजिक सञ्जालमार्फत फैलाइने धार्मिक असहिष्णुता र भ्रामक खबर तथा सूचनाहरूको नागरिक स्तरबाटै प्रतिवाद गर्न र भ्रामक खबरहरु विरुद्ध समाजिक स्तरमा नै सचेतना फैलाएर समाजमा सामाजिक र धार्मिक सहिष्णुता कायम राख्न अनुरोध गरेका छन् ।
FACEBOOK COMMENTS