काठमाडौं । चालु आर्थिक वर्ष २०८०-८१ को जेठ मसान्तसम्ममा विप्रेषण आप्रवाह १९ दशमलव ३ प्रतिशतले बढेर १३ खर्ब २७ अर्ब ५१ करोड पुगेको छ ।
चालु आवको जेठ मसान्तसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति ९संस्थागत तथा व्यक्तिगत–नयाँ० लिने नेपालीको सङ्ख्या चार लाख २२ हजार नौ सय ३६ र पुनःश्रम स्वीकृति लिनेको सङ्ख्या दुई लाख ६२ हजार सात सय पाँच रहेको छ । यो अवधिमा आयात एक दशमलव आठ, निर्यात तीन र कूल वस्तु व्यापार घाटा एक दशमलव सात प्रतिशतले घटेको छ ।
जेठ मसान्तसम्ममा विस्तृत मुद्राप्रदाय नौ दशमलव एक प्रतिशतले वृद्धि भएको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन नौ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जा पाँच दशमलव एक प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १२ दशमलव छ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर पाँच दशमलव छ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।
FACEBOOK COMMENTS