काठमाडौं । नेपाल मुद्रा विप्रेषक संघको १९औं वार्षिक साधारणले नयाँ कार्यसमिति चयन गरेको छ ।
संघको सम्पन्न १९औं सभाले रितेश मित्तल (नेपाल रेमिट ईन्टरनेशनल प्रा. लि.) लाई सर्वसम्मत रुपमा अध्यक्षमा मनोनित गरेको छ ।
यस्तै उपाध्यक्षमामा सञ्जय सिग्देल (सूर्य रेमिट प्रा. लि.) , महासचिवमा दिवाकर पौडेल ( आइर्.एम.ई लिमिटेड) , कोषाध्यक्षमा संजिव कुमार पाठक (ए.टि टि. रेमिट प्रा. लि.) सचिवमा रामेश्वर सापकोटा ( प्रभू मनिट्रान्स्फर प्रा. लि.) कार्यसमिति सदस्यहरुमा विमल महत ( सिद्धार्थ बैंक लि.) श्याम प्रसाद लामिछाने (ग्लोबल आईएमई बैंक लि.) मधुसुदन न्यौपाने ( प्रभू बैंक लि.) र सुदन सिं सिलवाल ( युनाईटेड रेमिट प्रा. लि.) सर्वसम्मत रुपमा चयन भएका छन् । संघको विधानत अध्यक्षबाट मनोनित हुने सदस्यहरुमध्ये १ जनालाई आगामि कार्यसमिति बैठकमा छलफल गरी मनोनित गर्ने गरी निर्णग गरिएको छ ।
कार्यक्रममा नव निर्वाचित अध्यक्ष रितेश मित्तलले नेपालमा रेमिट्यान्स क्षेत्रलाई संस्थागत गर्दे विस्तारित र मर्यादित उद्योगको रुपमा विकास गर्दे लैजाने र सम्पुर्ण रेमिट्यान्स कम्पनीहरुको संस्थागत हितको लागि कामगर्ने प्रतिबद्धता ब्यक्त गरे । उनले रेमिट्यान्स व्यबसायलाई अझ ब्यवस्थित र प्रविधिमैत्रि बनाउन आफू लागी पर्ने प्रतिबद्धता जनाए ।
FACEBOOK COMMENTS