काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना साउनमा एक खर्ब ३६ अर्ब रूपैयाँ विप्रेषण आप्रवाह भएको छ ।
पछिल्लो २० महिनादेखि निरन्तर रूपमा मासिक एक खर्ब रूपैयाँभन्दा बढी रेमिट्यान्स भित्रिरहेको छ ।
गत आर्थिक वर्ष २०८०/८१ को पहिलो महिनाम एक खर्ब १६ अर्ब रूपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।
यो अवधिमा नेपालबाट ३५ करोड रूपैयाँ बराबर रेमिट्यान्स बाहिरिएको छ । यसअघिको वर्ष एक महिनामा ८३ करोड रूपैयाँ बाहिरिएको थियो ।
पहिलो महिना वैदेशिक रोजगारीमा जानेको संख्या ७.१९ प्रतिशतले बढेको छ ।
गत आवको पहिलो महिनामा भने ५५ हजार पाँच सय ७५ जनाले नयाँ र पुनः श्रम स्वीकृति लिएकामा यस वर्ष ५९ हजार पाँच सय ७५ जनाले यस्तो स्वीकृति लिएका छन् ।
FACEBOOK COMMENTS