काठमाडौँ । रेमिटर्स एसोसिएसनको २०औँ वार्षिकोत्सवको अवसरमा नवराज घिमिरेलाईसम्मान गरिएको छ।
नेपालको रेमिट्यान्स क्षेत्रको विकास तथा औपचारिकीकरणमाउल्लेखनीय योगदान पुर्याएको भन्दै रेमिटर्स एसोसिएसनले वार्षिकोत्सवको अवसरमाघिमिरेलाई सम्मान गरेको हो ।
सन् १९९६ मा रेमिट्यान्स कारोबार मुख्यत: अनौपचारिक माध्यमबाट सञ्चालन भइरहेकोसमयमा, घिमिरेले रेमिट्यान्स कारोबारलाई औपचारिक प्रणालीमा बपान्तरण गर्न अग्रसरभूमिका निर्वाह गरेका थिए ।
उनले आफ्नो कम्पनी अन्नपूर्णा ट्राभलमार्फत व्यवस्थित रूपमा रेमिट्यान्स सेवा प्रारम्भ गरेकाथिए जसले विदेशमा कार्यरत नेपालीहरूले पठाउने रकम सुरक्षित, पारदर्शी र विश्वसनीय माध्यमबाट नेपाल भित्र्याउन सहयोग पुर्याएको थियो।
उक्त संस्था हाल एटिटी रेमिट प्रालिकोरूपमा विकसित भई नेपाल राष्ट्र बैंकको नियमनअन्तर्गत सञ्चालनमा रहेको छ।रेमिटर्स एसोसिएसनले घिमिरेको दूरदर्शिता, निरन्तरता र नेतृत्वले नेपालको रेमिट्यान्स प्रणालीलाई औपचारिक, सुरक्षित तथा व्यवस्थित बनाउने आधार तयार गरेको उल्लेख गर्दैउनको योगदानले वित्तीय समावेशीकरण तथा राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेलेकोजनाएको छ।

FACEBOOK COMMENTS