काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना अर्थात साउन महिनामा विदेश बाट नेपा भित्रिने रेमिट्यान्स बढेको छ ।
गत आर्थिक वर्ष २०७८/७९ को साउन महिनाको तुलनामा चालु आवको साउन महिनामा विदेशबाट नेपाल भित्रने रेमिट्यान्स २०.३ प्रतिशतले वृद्धि भएको हो ।
चालु आवको साउनमा कुल ९२ अर्ब २१ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको नेपाल राष्ट्र बैंकले जारी गरेको तथ्यांकमा उल्लेख छ ।
गत आवको सोही अवधिमा नेपाल भित्रने रेमिट्यान्स १७.४ प्रतिशतले घटेको थियो ।
यस्तौ चालु आवको साउन महिनामा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२.५ प्रतिशतले वृद्धि भई ७२ करोड ४० लाख पुगेको छ । गत वर्र्ष यस्तो आप्रवाह १६.८ प्रतिशतले घटेको थियो ।
FACEBOOK COMMENTS