काठमाडाैं । चालु आर्थिक वर्ष २०७९/८० काे कार्तिक महिनामा विदेशबाट नेपाल भित्रने रेमिट्यान्स वृद्धि भएकाे छ । २०७८ सालकाे कार्तिक महिनाकाे तुलनामा २०७९ काे कार्तिक महिनामा रेमिट्यान्स २०.४ प्रतिशत बढी रेमिट्यान्स नेपाल भित्रिएकाे हाे ।
याे वृद्धिसँगै चालु आवकाे चार महिनामा ३ खर्ब ७८ अर्ब ४ कराेड रूपैयाँ बराबरकाे रेमिट्यान्स नेपाल भित्रिएकाे नेपाल राष्ट्र बैंकले जनाएकाे छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाल भित्रने रेमिट्यान्स ७.० प्रतिशतले घटेको थियो ।
कार्तिक महिनामा अमेरिकी डलरमा भित्रने रेमिट्यान्स १०.८ प्रतिशतले वृद्धि भएकाे छ । चालु आवकाे चार महिनामा यस्ताे रेमिट्यान्स २ अर्ब ९३ करोड रूपैयाँ पुगेकाे छ। जुन अघिल्लो वर्ष ७.३ प्रतिशतले घटेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १०२.५ प्रतिशतले वृद्धि भई १ लाख ९५ हजार १९६ पुगेको छ ।
त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ४६.४ प्रतिशतले वृद्धि भई ८७,४२८ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २४९.१ प्रतिशतले बढेको राष्ट्र बैंककाे तथ्यांकमा उल्लेख छ।
FACEBOOK COMMENTS