काठमाडौँ । नेकपा एमालेका नेता सुर्य थापाले पार्टी पुनर्गठनको कुरा उठाउनु गलत भएको बताएका छन् ।
सामाजिक सञ्जालमा टिप्पणी गर्दै नेता थापाले पार्टीमा कथित पुनर्गठन र रूपान्तरण भन्दै सार्वजनिक खपतका लागि रोइलो गलत भएको टिप्पणी गरेका हुन् ।
उनले जेनजीलाई मोहरा बनाएर मच्चाइएको हत्या, आगजनी र अपमान किमार्थ अनुकरणीय नभएको बताएका छन् ।
उनले भनेका छन्– ’पार्टीमा कथित पुनर्गठन र रूपान्तरण भन्दै सार्वजनिक खपतका लागि रोइलो गलत छ।
जेन जीलाई मोहरा बनाएर मच्चाइएको हत्या, आगजनी र अपमान किमार्थ अनुकरणीय छैन ।
FACEBOOK COMMENTS