काठमाडौं, ९ भदौ । न्यायपालिकाको विकृति, विसंगति र भ्रष्टाचारबारे अध्ययन गर्न गठित समितिको प्रतिवेदन सर्वोच्च अदालतले आज बुधबार सार्वजनिक गरेको छ ।
सार्वजनिक प्रतिवेदन सर्वोच्च अदालतको वेबसाइटमा राखिएको छ । वेबसाइटमा राखिएकाले उक्त प्रतिवेदन जोकोहीले सजिलै हेर्न सकिने बताइएको छ । उक्त प्रतिवेदन महान्यायाधिवक्ता कार्यालय, नेपाल बार काउन्सिल, नेपाल बार एसोसिएशन लगायत निकायमा पठाइएको पनि बताइएको छ ।
न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले गत साउन १४ गते प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरालाई प्रतिवेदन बुझाएको थियो । बुधबार बसेको सर्वोच्च अदालतको सबै न्यायाधीश सम्मिलित पूर्ण बैठकले सो प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको थियो ।
FACEBOOK COMMENTS