मकवानपुर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकता विधेयकका बारेमा सही सूचना प्रसारण गर्न सञ्चारमाध्यमसँग आग्रह गर्नुभएको छ ।
आज शुक्रवार हेटौँडामा नेपाल प्रेस युनियनको नवाैँ महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले सञ्चारमाध्यमले दिएका सूचनाका आधारमा नै नागरिकले आफ्नो मूल्याङ्कन गर्नै भएकोले सही सूचना सम्प्रेषण गर्न आग्रह गर्नुभएको हो । नागरिकलाई सत्य–तथ्य कुरा सही ढङ्गले सम्प्रेषित गर्न आवश्यक रहेको उहाँले बताएका छन् ।
उहाँले भन्नुभयो, ‘नागरिकले थाहा पाउने गरेर तथ्य र प्रमाणका आधारमा सूचना सम्प्रेषण गर्नुपर्छ । सञ्चारमाध्यमले दिएको तथ्यको आधारमा नै नागरिकले मत बनाउने हो । हामी संसदमा नागरिकता विधेयकमाथि छलफल गर्दैछौँ । छलफलमा भएका विषयलाई सही ढङ्गले सम्प्रेषित गर्न सकेनौँ भने धेरै मानिसले बनाउने मत हुँदै नभएको व्यवस्था लागू गरेको छ भन्ने हुन्छ ।’
महामन्त्री थापाले सही ढङ्गले सूचना सम्प्रेषण नगर्दा नागरिकमा भ्रम सिर्जना हुने भन्दै यसलाई रोक्न आवश्यक रहेको बताउनुभयो ।
FACEBOOK COMMENTS