काठमाडौं । निर्धारित समयभन्दा एक घण्टा ढिलो हुँदासम्म प्रतिनिधिसभाको बैठक सुरु हुन सकेको छैन ।
मंगलबारको प्रतिनिधिसभा बैठक १ बजेका लागि बोलाइएको थियो । २ बजिसक्दा पनि बैठक सुरु हुन सकेको छैन ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को अभिव्यक्तिले सिर्जना भएको सदन अवरोधको निकास निस्किएको छैन ।
प्रधानमन्त्रीले आइतबारको प्रतिनिधिसभा बैठकमा सीमा विवादबारे जवाफ दिँदा नेपालले पनि भारतको भूमि मिचेको रहेछ भनेका थिए ।
सो विषयमा विपक्षीले प्रधानमन्त्रीले तथ्य प्रस्तुत गर्नुपर्ने, संसद्मा आएर माफी माग्नुपर्ने अडान राखेपछि सोमबार बैठक चल्न सकेन ।

प्रतिपक्षले आजको बैठकमा पनि विरोधको तयारी गरेका छन् । सभामुख डोलप्रसाद अर्याल बैठक सञ्चालनका विषयमा छलफलमा छन् । सोही कारण बैठक सुरु हुन ढिलाइ भएको बताइएको छ ।
