काठमाडौँ । निर्वाचनमा बालबालिकाहरूको प्रयोग नगर्न आग्रह गरिएको छ । नेपालको सातै प्रदेशका बालबालिकाहरूको प्रतिनिधित्व रहेको बाल पैरवी परिषद् कन्सोर्टियम नेपालले शनिबार राजधानीमा आयोजना गरेको कार्यक्रममा आसन्न आम निर्वाचनको सन्दर्भमा राजनीतिक दलहरूसँग अन्तरसंवाद गर्दै उक्त सुझावहरू बुझाइएको छ ।
कार्यक्रममा नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले बालबालिकाका सवालमा पार्टी निकै संवेदनशील रहेको र निर्वाचनका कुनै पनि गतिविधिहरूमा बालबालिकाको दुरुपयोग नगर्ने प्रतिवद्धता व्यक्त गरे ।
नेकपा माओवादी केन्द्रका सचिव डिलाराम आचार्यले निर्वाचनमा बालबालिकाको दुरुपयोग पार्टीको नीति विपरित रहेको र घोषणापत्रमा बालबालिकाका सवाललाई प्राथमिकतामा राख्ने बताए ।
कन्सोर्टियम नेपालका अध्यक्ष मोहन दँगालले बालबालिकाका सवाल राजनीतिक दलको नजरमा कम प्राथमिकतामा पर्ने भएकाले नागरिक समाज यसको निरन्तर पैरवीमा लाग्ने बताए । निर्वाचन निगरानी समूहका संयोजक डा. कृष्ण सुवेदीले बालबालिका र विद्यालयलाई कुनै पनि प्रकारको राजनितीक दुरुपयोग हुन नहुनेमा जोड दिए । कार्यक्रममा बाल पैरवी समूहका सदस्य भाइबहिनीहरूले सामूहिक रुपमा सुझावहरू प्रस्तुत गरेका थिए ।
aa
FACEBOOK COMMENTS